बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अब सिंहदरबारमा मिनरल वाटर होइन, मेलम्ची वाटरः मन्त्री यादव

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले अब सिंहदरबारमा मिनरल वाटर निषेध हुने बताएका छन् । बागमती टेलिभिजन एचडीको कार्यक्रम ‘जोगिन्दरको पानको दुकान’ कार्यक्रममा भाग लिने क्रममा मन्त्री यादवले यस्तो बताएका हुन् ।

मन्त्री यादवले देशको प्रमुख प्रशासकीय स्थल सिंहदरबारमा अबको दुई हप्ताभित्र मिनरल वाटरका जार र बोत्तल विस्थापित गर्ने दाबी गरे । स्वदेशी तथा बिदेशी उद्योगहरुबाट आउने पानी महंगो पनि हुने र त्यस्तो पानीका बोत्तल र जारले सिंहदरबारमा समस्या देखिएको बताउँदै राष्ट्रिय गौरवको योजना मेलम्चीबाट आएको पानीमात्रै प्रयोगमा ल्याउन लागिएको उनले बताए ।

त्यस्तै मन्त्री यादवले सँधै वर्षा याममा बन्द हुने गरेको मेलम्चीको खानेपानी यस वर्षदेखि नरोकिने बताए । वर्षायाममा बाढी र पहिरोको कारण संरचना फुट्ने र भत्किने खतरा यस पटक नभएको उनले बताए । सरकारले बाढी र पहिरोको खतरा धान्न नसकिने भन्दै यस अघि वर्षा याममा मेलम्चीको पानीको वितरण रोक्दै आएको थियो ।

यति मात्रै नभएर मन्त्री यादवले अब हरेक चोकहरुमा निशुल्क खानेपानीको व्यवस्था गरिने बताए । सडकमा काम विशेषले हिड्ने मानिसहरुको पानी पिउन पर्ने आवश्यकतालाई हेरेर सरकारले हरेक चोकहरुमा निशुल्क खानेपानीको व्यवस्था गर्न लागेको मन्त्री यादवको भनाइ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x