बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिवन्ध लगाउन सक्छः सञ्चारमन्त्री गुरुङ

  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन् । बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधन विरोधी काम भएको उल्लेख गरे । अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए । आन्दोलन गर्न दिनेकुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न चेतावनी दिए । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताए ।

उनले भने, ‘हामीले फेरि पनि एकदम उदारतापूर्वक संविधानको विरोध गर्नेहरुलाई पनि स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्नेहरुलाई पनि र यो शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि हामीले सभा संगठन गर्ने, बोल्ने अधिकार छुट दिएकै छ । त्यो हाम्रो कायरता होइन । हाम्रो कमजोरी होइन । हामी डराएर गरेको होइन । त्यसरी दिँदा उनीहरुले हामीलाई कमजोर नठाने हुन्छ । यो त हामीले उदारतापूर्वक अभ्यास गरुन् न के फरक पर्छ । भनेर छुट दिएको कुरा हो । सधैँ यस्तो संविधान, जनता, व्यवस्था विरोधी क्रियाकलाप गरिराख्यो भने त्यो चिज सधैँ सहेर बस्छौँ भनेर हामी भन्न सक्दैनौँ । सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट । तर अहिले हामी सरकारको सबै गतिविधिलाई छोडिरहेका छाँै । त्यो गतिविधिले कस्तो रुप लिन्छ, त्यसको आधारमा प्रतिक्रिया हुन्छ । यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । त्यो आन्दोलन गर्ने भन्नेकुरालाई आजका दिनसम्म प्रतिवन्ध लगाएका छैनौँ । प्रतिवन्ध पनि लगाउनसक्ने छुट संवैधानिक अधिकार, कानूनी अधिकार सरकारलाई छ ।’

मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ रु त्यहीअनुसार सरकार अघि बढ्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x