बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकियोः माओवादी सांसद मोदी

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीवारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताए । आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरु कसैको दास नभएको बताए । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहोर्‍याए ।

उनले भने, ‘संसद भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेण्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ । हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनु हुन्न । सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरुको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो ।’

उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x