बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः मन्त्री पन्त

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् । सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताए । उनले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताए । उनले बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गरे । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गरे ।

मन्त्री पन्तले भने, ‘युवा पुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ । त्यसैले मुल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने रु मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इण्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले शुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेण्ट नै बनाउन लगाएँ । हामीले यहँँ प्राइभेट लगानी बन्द गरेर जानसक्छौँ ? बुद्धिजीवि साथीहरु, प्राज्ञहरु घाँस नखानुहोस् । घाँस खान खोज्ने हो भने राजनीतिज्ञहरुले घाँसै खुवाएर राख्छन् । घाँस नखाने अठोट हामीले गर्ने हो । बुद्धिजीवले गर्ने हो । डिन, रेक्टर चाहिन्छ भने दौडधुप गर्न थालेर लौ न बनाइदेउ भनेपछि उनीहरुले के खोज्छन् । लौ न सर भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री तपाईंको आउने परिस्थिति निर्माण गर्नुस् न ।’

मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x