संसदमा आज पनि विपक्षीको अवरोध

काठमाडौं । संघीय संसदको तललो सदन प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध कायम राखेका छन् । गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका विपक्षी दलहरूले नाराबाजीसहित बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन पटकपटक आग्रह गरेपनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन् ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री जोडिएको समाचार बाहिरिएपछि विपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले संसदमा अवरोध गर्दै आएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE