देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताएका छन् । शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताए ।
उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताए । आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताए । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको बताए । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेका छौँ । कृषिको आधुनिकीकरण भइरहेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका छन् । कतिपय उद्योग अहिले स्थापना भइ नचलेका पनि होलान् । कतिपय आउडेटेड भए । कतिपयलाई सञ्चालन गर्ने तयारीमा छौँ । यसरी हामीले देश बहुआयामिक ढंगले चौतर्फी रुपमा देशको विकास गरिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताए । उनले विकास भयो भन्नेकुरामा चिन्ता नलिन आग्रह गरे । विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने बताए । उनले सरकारका निकायहरु विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE