बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे । उनले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भुमिका खेलेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेका छौँ । एक ढंगले नेतृत्वदायी भुमिकासमेत खेलेका छौँ ।’

प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x