राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिमा हुने उत्तारचढावमा रमाउनसक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गरे । आफू चिकित्सक भएपनि अहिले राजनीतिमा रहेको र यसमै रमाइरहेको बताए । राजनीतिमा एउटा सोचे भन्दा फरक भइदिने बताए ।
सांसद कोईरालाले भने, ‘मान्छेहरु मलाई सोध्छन्, डाक्टर मान्छे, राजनीति गर्दैछौ, रमाइरहेका छौ ? म के भन्छु भने डाक्टरमा आफ्नो विज्ञान हुन्छ, आफ्नो हात हुन्छ अपरेशन गर्दा । राजनीतिमा सबै अन्योल हुन्छ । आफूले सोचेको एउटा बाटोमा त जान्छ, हुन्छ अर्को बाटो । जसले त्यो रमाउन सक्छ त्यसले राजनीति गर्नुपर्छ । हाम्रो बाटो त यो हो तर त्यहाँ गइसकेपछि अर्को बाटो आउँछ र त्यसैमा रमाउनुपर्छ ।’
सांसद कोईरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE