बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुन्दरीजल खोलामा फसेका पाँचजनाको उद्धार

काठमाडौं । सुन्दरीजल खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

आज बिहान नुहाउने क्रममा सुन्दरीजल खोलामा बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो ।

बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए ।

खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x