दक्षिण कोरियासँगको सम्झौताले ट्रम्प खुशी, कोरियाली राष्ट्रपतिका लागि ठूलो कूटनीतिक सफलता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको व्यापार सम्झौता अन्तर्गत १५ प्रतिशत मात्र भन्सार महसुल लागु गरिने घोषणा गरेका छन् ।
यो निर्णय दुई देशबीचको व्यापार तनाव कम गर्ने उद्देश्यले गरिएको हो । सम्झौताको अन्तर्गत, दक्षिण कोरियाले अमेरिका भित्र ट्रम्पद्वारा चयन गरिएका परियोजनाहरूमा ३५० अर्ब अमेरिकी डलर लगानी गर्नेछ ।
साथै, थप एक सय अर्ब डलर बराबरका ऊर्जा उत्पादनहरू खरिद गर्नेछ । यो सम्झौता राष्ट्रपति ट्रम्प र कोरियाली अधिकारीहरूबीच ह्वाइट हाउसमा भएको बैठकपछि सार्वजनिक गरिएको हो ।
राष्ट्रपति ट्रम्पले कोरियासँग पूर्ण व्यापार सम्झौता भएकोमा आफु खुशी भएको प्रतिक्रिया दिएका छन् ।
कोरियाली राष्ट्रपति ली जे म्युंगका लागि यो सम्झौता पद सम्हालेपछि पहिलो ठूलो कूटनीतिक सफलता मानिएको छ । राष्ट्रपति ली दुई हप्ताभित्र पहिलोपटक ह्वाइट हाउस भ्रमण गर्ने तयारीमा छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE