बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं । आज भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी, सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाइरहेका छन् ।

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ ।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ । आफूले कर्मअनुसार नै फल प्राप्त हुन्छ । गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।

कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्लेख छ । जन्माष्टमीका दिन भगवान् कृष्णका गुणकीर्तन गर्ने, उहाँको आराधना गर्ने, जाग्राम बसी रातमा श्री कृष्णको जन्म समयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।

पौराणिक ग्रन्थहरूमा यो दिन गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ ।

विशेषगरी ॐ नमो भगवते वासुदेवाय मन्त्रले उहाँको आराधना गर्नुपर्ने बताइएको छ । आज नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

नेपालमा ललितपुरको पाटन कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x