जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन् । शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नुभएकी यस्तो बताएकी हुन । उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन ।
उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि बताइन । शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेन जीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको बताइन ।
उनले भनिन, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ ।
यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनुपर्छ । २३ गतेको घटना सामान्य रुपमा हेरेको हो । नयाँ पुस्ता जसलाई जेन जीको रुपमा परिभाषित गरेका छन् । उहाँहरु शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो । त्यो स्थिति रहेन ।
उहाँहरुले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन । तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ । जे भयो यो एकदमै गलत भयो ।
शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरुप्रति कसरी प्रहारहरु भयो त्यो पनि बुझ्नुपर्छ । कतापटिबाट शुरु भयो भन्नेकुरा । कसरी अचानक रुपमा आयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE