नेपालमा डेङ्गी संक्रमितको संख्या झण्डै ५ हजार

काठमाडौं । नेपालमा डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको हो ।
उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा. दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम कम हुने बताए ।
तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३ जनामा संक्रमण देखिएको हो । यस्तै, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE