शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

अन्तरिम सरकार मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छः एमाले

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।

शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन । उनले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए । पार्टीले छिटै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए ।

पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भएपनि वर्तमान सरकारले त्यसो नगरेको उनले बताए ।

सरकार दलहरुलाई साथ लिने नभइ निषेधको बाटोमा गएको बताए । सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको उनको भनाई छ ।

प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने र शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरुलाई रोक लगाएकोप्रति एमाले गम्भीर रहेको बताए । नेताहरुलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x