शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

एमालेको निष्कर्ष – सरकार निर्वाचनको वातावरण बिगार्न उद्धत, संसद् विघटन असंवैधानिक

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभई निषेध र प्रतिशोधको बाटो अपनाएर निर्वाचनको वातावरण बिगार्न उद्यत भएको निष्कर्ष निकालेको छ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार करिब १० घण्टा चलेको बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने र लोकतन्त्र तथा संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ।

बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले पार्टी र नेताहरूलाई गतिविधि गर्न नदिएर चुनावी माहोल धमिल्याउने प्रयास गरेको बताए ।

“सरकार निषेध र प्रतिशोधको बाटोमा छ। नेताहरूलाई निश्चित ठाउँमा राखेर, दलहरूलाई धम्क्याएर चुनाव हुन सक्दैन। लोकतन्त्रको आत्मा मरिरहेको छ,” उनले भने । उनले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै अदालत खुल्नासाथ न्यायिक परीक्षणमा जाने निर्णय भएको बताए ।

यसैगरी, बैठकले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २९ सम्म चितवन वा काठमाडौं उपत्यकामा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन नयाँ नेतृत्व चयन, राजनीतिक प्रतिवेदन पारित र संगठनात्मक रणनीति निर्माणमा केन्द्रित हुनेछ।

तीन दिनदेखि जारी पदाधिकारी बैठकले महाधिवेशन र संगठनात्मक पुनर्गठनका विषयलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ सम्म काठमाडौंमा बस्ने तय भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x