सुन तस्करी प्रकरणः माओवादी नेता महरालाई अदालत उपस्थित गराइयो
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । सोमवार अपरान्ह महरालाई जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले आईतवार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्शन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE