प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता, कात्तिक १२ गतेका लागि तोकियो पेशी
काठमाडौं । काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन्। ती निवेदनहरू हिजो पेश भएका थिए । आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE