शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागठत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका हुन ।

उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो ।

उपसभापति वाग्लेले भने,‘ हामीले कल्पना नै नगरका परिवर्तनहरु पनि भएका छन् । पोलिटिक्सबाट एक्जिट भएका छन धेरै पुराना पात्रहरु । पुराना पात्रहरुप्रति रोष पनि विष्फोट भएको हो । डा.बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रश्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ ।

अन्य दलहरुमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई विस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानुनै पर्ने हुन्छ । र अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरु चलिरहेका छन । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ ।

अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरुलाई पनि जोगाउनु छ । कहिलेकाँही यो हुल आँधिबेहरीमा पुराना उपलब्धिहरुलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरु पनि हुने गर्दछन । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरु छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । र त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरुलाई पनि ट्रयाकमा ल्याउन प¥यो । ट्रयाकमा ल्याउने विधिहरु पनि सीमित छन । तर यो सबै गर्ने हामीले नै हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x