गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार निरीक्षण गरेका छन् ।
क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार बोहोराटार पुगेका हुन । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो ।
यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका हुन । प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE