देश जलाउनेहरुले नै सरकार चलाइरहेका छन्ः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन् ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गरे । जलाउनेहरुले नै देश चलाउने तमासा देखाईरहेको अध्यक्ष ओलीको भनाई थियो । उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने,‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भईराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए ।
अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन् । जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ । तिनै व्यक्तिहरु ।’ अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पारे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE