मधेस मुख्यमन्त्रीमा एमाले नेता यादव नियुक्त
काठमडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । सोमवार बिहानै मधेसमा नेकपा एमालेले नयाँ गेम गर्न सफल भएको हो ।
बिहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू विरामी परेको र श्वास र्फेन गा¥हो भइरहेको भन्दै काठमाडौंको लागि हिडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री चयन गरेकी हुन् ।
प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमाले बाहेकका सात दलले शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि धारा १ सय ६८ को २ अनुसार नै नयाँ सरकार बन्नुपर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए । सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजिनामा दिएकाले १ सय ६८ को ३ सक्रिय नहुने अन्य दलहरुको दाबी थियो । एमालेको यस नयाँ गेममा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ ।
समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । बिहान चार बजे कामचलाउ मुख्यमन्त्री सोनललाई बोलाएर आफू दमको विरामी रहेको र श्वासप्रश्वासमा कठिनाइ भइरहेको बताउँदै प्रदेश प्रमुख बाहिरिएका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE