देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैनन्ः भिम रावल
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताएका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताएका हुन ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने बताए ।
उनले मुलुकको विकास र शान्ती सुव्यवस्थाका लागि कम्युनिष्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत टिप्पणी गरे ।
उनले भने, ‘आज हाम्रो घरमा आगो लाग्यो आगो खायौं । तर म भन्छु देशभक्त, प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध र निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला मैे तपाईलाई तर्साएको होइन । अब हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन् ।
त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्नको लागि नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप पनि लगाए । ओलीको अंहकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE