शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

मार्क वाटको करियरकै पहिलो शतकमा कर्णालीको जित

काठमाडौं । मार्क वाटको शतकसँगै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । कीर्तिपुरमा भएको दोस्रो खेलमा वाट चम्कँदा कर्णालीले शनिवार लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकाल्यो । दोस्रो खेलमा कर्णालीको पहिलो जित हो ।

वाट एक सय १४ रनमा अवजित रहे । साथै वाटले एक विकेट पनि लिए । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग चार विकेट पराजित भएको थियो । लुम्बिनीको भने दोस्रो खेलमा पहिलो हार हो । पहिलो खेलमा लुम्बिनीले चितवनलाई हराएको थियो । वार्टले एनपिएलकै दोस्रो शतक प्रहार गरेपछि कर्णालीले सफलता पाएको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ५७ रनको लक्ष्य दिएको थियो । तर त्यो लक्ष्य कर्णालीले १२ओभर २ बलमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । यो वाटको करियरको पहिलो शतक पनि हो ।

लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए । सात बलर प्रयोग गरे पनि लुम्बिनीले लक्ष्य रक्षा गर्न सकेन । रुबेन ट्रम्पलमेनबाहेक सबै बलर महँगा साबित भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि सहज भएन । पूरै ओभरमा लुम्बिनीले आठ विकेट गुमाउँदै एक सय ५६ रनको योगफल बनायो ।

लुम्बिनीले पहिलो ओभरमै ओपनर सन्दीप जोरालाई एक रनमै गुमायो । त्यसपछि दबाबमा परेको लुम्बिनीले पावरप्लेमा राम्रो रन जोड्न सकेन ।कर्णालीले सात बलर प्रयोग गर्दा ६ जना विकेट लिन सफल भए । नन्दन यादवले दुई तथा सोमपाल कामी, गुलसन झा, वाट, विपिन र युवराज खत्रीले समान एक विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x