प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच वालुवाटारमा संवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद गरेकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने मत राखेकी उनले पहिलो पटक दोस्रो तहका नेतासँग सिधा संवाद गरेकी हुन ।
छलफलका लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू बालुवाटार पुगेका हुन । भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी कार्की र तीन दलका शीर्ष नेताबीच संवाद हुन सकेको छैन । तर, बुधबार एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेसँगै कार्कीले नेताहरूलाई बालुवाटार बोलाएर संवाद गरिएको बताइएको छ ।
यससँगै एमाले र अन्तरिम सरकारबीच पहिलो पटक वार्ताको ढोका पनि खुलेको छ । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी थिए ।
एमालेका तर्फबाट महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला सहभागी थिए । पछिल्लो समय जेन–जीहरू र एमालेबीच मुठभेटको अवस्था बनिरहेका बेला सरकारले संवाद थालेको हो । एमालेले यो सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE