शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै संगीतप्रति आकर्षित दिनेश हाल भारतको नयाँ दिल्लीस्थित T-Series Stagework Workshop  मा संगीत सिक्दैछन् ।

उनले केही वर्ष अगाडि नेपालमै संगीत सिक्ने क्रममा अनुभव बटुलेका थिए र पछि भारतको कोलकाताबाट हुँदै दिल्ली पुगेका हुन् । अहिले उनी  Indian Idol र SaReGaMaPa लगायत चर्चित रियालिटी शोका कोचहरू  D Jayvant र Sanjay Vidyarthi जस्ता नामी संगीतकारहरूसँग संगीत सिक्दैछन् ।

दिनेशका अनुसार यस्तो अवसर नेपाली युवाहरूलाई क्वचित मात्र प्राप्त हुन्छ, र आफू त्यस्तो अवसर पाएकोमा भाग्यमानी महसुस गर्छन् । उनी भन्छन्–“एकदिन ठूलो गायक बनेर नेपाली संगीत क्षेत्रमा योगदान दिने मेरो सपना छ ।”

वि.सं. २०५७ साल साउन २१ गते बुवा जीवनलाल कँडेल र आमा गीता कँडेलको कान्छो सुपुत्रका रूपमा चितवनमा जन्मिएका दिनेशले सानै उमेरदेखि गीत–संगीतसँग निकटता पाएका थिए । घरमा बज्ने लोकगीत र गाउँघरका भजनहरूले उनलाई प्रेरित गर्थे ।

शिक्षाको यात्रा उनले रामपुरको ग्राण्डी हुँदै भरतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयबाट सुरु गरे । साथीहरूबीच रमाइलो गर्दै गाउने उनको बानीले विद्यालयमा नै उनलाई लोकप्रिय बनायो । पछि उनले वाल्मिकी शिक्षा सदनबाट म्यानेजमेन्ट विषयमा उच्च माध्यमिक शिक्षा प्राप्त गरेका थिए ।

त्यही विद्यालयमा रहेका गुरुहरू-मधुसुदन भुषाल, तारा चापागाईं, धु्रव भुषाल, प्रशुराम पाण्डे, चन्द्र घले, र विनोद तामाङ जस्ता शिक्षकहरूले उनको प्रतिभालाई सम्मान गर्दै निरन्तर प्रोत्साहन दिए । यही प्रेरणाले उनलाई संगीतमा अझ नजिक र्पुयायो ।

हाल दिनेश कँडेल निरन्तर अभ्यास र सिकाइमा छन् । उनको लक्ष्य एकदिन अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली संगीतलाई नयाँ उचाइमा र्पुयाउने रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x