शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

रास्वपा सभापति रवि लामिछाने रिहा

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएको जनाइएको छ । लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

यसैबीच रास्वपाले रिहा भएसँगै सभापति लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ । उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि लामिछानेको तत्कालीन सांसद पद पनि निलम्बनमा परेको थियो भने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x