शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

फागुन २१ को निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएका छन्।उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन।उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बता्ए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गदै, उनले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गरे ।

उनले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताए। जेन–जी आन्दोलनको स्प्रिड पनि यही रहेको उनको भनाई छ । उनले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभाग्र्य हुने बताए । उनले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता आँैल्याय । सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एकठाउँमा आउने गरी प्रयासहरु भइरहेको उनले जानकारी दिएका छन्।

उनल भने , ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै होइन, नयाँ शक्तिहरुको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ । यसतर्फ हामी अगाडी बढ्नुपर्छ । सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरुले अब एकतावद्ध भएर नयाँशक्ति, नयाँ नेतृत्वहरुको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ । युवापुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागी अगाडी बढ्नुपर्छ । जेन–जी आन्दोलनको स्प्रिड पनि यही थियो । देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागी अगाडी बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो । यसको रिजल्ट यदी राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन । अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरु, नयाँ व्यक्तित्वहरु जसले यो देशमा केही गरौँ भनेर डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागीराख्नुभएको छ । यी तमाम व्यक्तित्वहरु, समुहहरु, पार्टीहरु एकतावद्ध हुनु आजको आवश्यकता हो र नयाँ नेतृत्वहरु स्थापित गर्दै अगाडी बढ्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गरे । उनले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गरे । उनले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गरे । भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गरेका छन्। ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x