शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

चीनको उच्च–गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

 

विश्वकै सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जाल भएको चीनले नयाँ रेल लाइनको शुरुवातसँगै ५० हजार किलोमिटरको कुल सञ्चालन माइलेज पार गरेको छ ।

नयाँ उच्च–गतिको रेल लाइनको प्रक्षेपणसँगै चीनको कुल सञ्चालन माइलेज ५० हजार किलोमिटर भन्दा माथि पुगेको हो । यससँगै चीनले विश्वको सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जालको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ । शुक्रवार बिहान उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको एक पवित्र क्रान्तिकारी केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानका लागि फक्सिङ बुलेट ट्रेन प्रस्थान ग¥यो । यस प्रस्थानले नयाँ मार्गको उद्घाटन मात्र गरेन बरु राष्ट्रिय यातायात पूर्वाधारको विकासमा एक महत्वपूर्ण कोसेढुङ्गा पनि थपेको छ । फक्सिङ बुलेट ट्रेन चीनको स्वदेशी प्रविधिमा आधारित छ र यसले तिब्र गतिको साथसाथै यात्रुहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । ५० हजार किलोमिटरको यो उपलब्धिले चीनका विभिन्न शहरहरू बीचको दूरी घटाउन र आर्थिक गतिविधिहरूलाई गति दिन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x