आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

आज एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए ।

आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ ।

बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x