आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज चार वटा खेल हुँदै

नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।

एनभीए भलिबल च्याम्पियनशिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको उक्त खेलमा महिलातर्फ बिहान १० बजे त्रिभुवन आर्मी क्लब र चुली युवा क्लब खेल्दैछन् । यस्तै दिउँसो १२ बजे सुदूरपश्चिम खेलकुद परिषद् र सशस्त्र प्रहरी बलको एपीएफ खेल्दैछन् ।
यसैगरी पुरुषतर्फ दिउँसो २ बजे हेल्प नेपाल स्पोटर्स क्लब र मणि मुकुन्द भलिबल क्लब खेल्दैछन् । यस्तै दिउँसो ४ बजे नेपाल पुलिस क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।
हिजो भएको खेलमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विभागीय टोली एपीएफ विजयी भए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x