आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्छौः कुलमान घिसिङ
काठमाडौं । उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने धारणा दोहोर्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनसँगको एकतामा मिसिन नसकेका घिसिङले आइतबार नै पोखरामा पुगेर उज्यालो नेपालको जिल्ला भेलालाई सम्वोधन गर्दै वैकल्पिक शक्तिको एकतामा पुन जोड दिएका हुन् ।
उनले सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने अवस्थामा आफ्नो पार्टी रहेको जिकिर गरे । सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि उनको आह्वान छ । पार्टीले आफ्नो आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्ने उनले बताए ।
संरक्षक घिसिङले नेपाली जनताले वैकल्पिक शक्तिहरु एक भएर अगाडि बढ्दै नयाँ नेतृत्व देओस भन्ने चाहेकाले एकताका लागि उज्यालो नेपाल पार्टी सदैव अग्रसर भएको दाबी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE