आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

काठमाडौं।जनता समाजवादी पार्टी जसपा नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भएपनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गरेका छन्।आईतवार जनकपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गरेका हुन । उनले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताए । उनले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाए । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उनको तर्क छ । उनले रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न गरेको बताए ।

उनले भने , ‘यो स्वभाविक जस्तै लाग्यो । जेनजी आन्दोलनका मागअनुसार यथास्थितिबाट देश फेरिनुपर्छ भन्ने आम जनताको मागअनुसार नै उहाँहरुबीच भएको सम्झौता स्वभाविक नै लाग्यो । तर सम्झौता गर्दा उहाँहरु संघीयतालाई बिर्सनुभयो । धर्मनिरपेक्षतालाई पनि बिर्सनुभयो । सम्झौतामा ती कुराहरु लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो । यो दीगो रहोस् । नेपालमा यस्ता सम्झौताहरु धेरै हुन्छन् तर दिगो रहन्नन् । बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वापाको लागि सौभाग्यको कुरो हो । तर रास्वपाले धर्म निरपेक्षता र प्रदेश सभा निर्वाचनमा समेत सहभागि हुने गरेको छैन । अर्थात संघीयताको विरुद्धमा जाने गरेको छ । यसले हामी सबै संशकित भएका छौँ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार फलनोलाई बनायौँ भन्ने उनीहरुको कार्य हाँस्यास्पद जस्तो लाग्यो ।’

निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको उनको टिप्पणी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x