निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापना भए स्वीकार्य हुन्छः काँग्रेस
काठमाडौं। नेपाली काँग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमवार निर्वाचनका लागि समानुपातिक बन्द सूचिको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुग्नुभएका नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन। । उनले काँग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्विकार गरेर अघि बढ्ने स्पष्ट पारे । उनले नयाँ राजनीतिक शक्तिहरुबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए ।
नेता विश्वकर्माले भने ,‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि ग¥यौ । आज बन्द सूचि बुझाउन आँउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छौ । तर यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’
नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्द सूचिमा नराख्ने समेत बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE