पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।
मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै महामन्त्री थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको उनको भनाइ छ । उनले दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरेका छन् ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE