बिहिबार, पुस १७, २०८२
Thursday, January 1, 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा तीन दिने राजकीय शोक घोषणा

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा तीन दिने राजकीय शोकको घोषणा गरेको छ ।

बुधवारदेखि शुक्रवारसम्म तीन दिने राजकीय शोकको घोषणा गरेको हो । बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्ष समेत रहेकी ८० वर्षीया जियाको मंगलवार बिहान ढाकामा उपचारका क्रममा निधन भएको थयोे । उनी लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिईन् । सन् १९९१ मा देशको पहिलो महिला प्रधानमन्त्री बनेकी जिया सन् २००१ मा पुनः प्रधानमन्त्री निर्वाचित भएकी थिईन् । भ्रष्टाचारको अभियोगमा सन् २०१८ मा कारागार चलान गरिएकी उनलाई सन् २०२४ अगस्टमा राष्ट्रपतिको कार्यालयले रिहा गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x