आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण दिन भेनेजुएलाकी उपराष्ट्रपतिको आग्रह

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो ।

उनले सरकारलाई राष्ट्रपति मादुरो र फस्र्ट लेडी सीलिया फ्लोरेसका बारेमा कुनै जानकारी नभएको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बीबीसीले उपराष्ट्रपति रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण मागेको र अवस्था अज्ञात रहेको समाचारमा उल्लेख गरेको छ ।

यसअघि ट्रम्पले ट्रुथ सोशलमार्फत अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको बताउदै राष्ट्रपति मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको जानकारी दिएका थिए ।

राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x