मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

१६० वटा स्टार्टअप उद्यममा मात्रै १४ सय बढीलाई रोजगारी

काठमाडौं। देशभरका स्टार्टअप उद्यममध्ये १६० वटा स्टार्टअप उद्यममा एकहजार ४ सय भन्दा बढिले रोजगारी पाइरहेको एक सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले नेपालको कोशी प्रदेशमा रहेका स्टर्टअप उद्यमहरुमा गरेको अध्ययनमा १६० वटा स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८० र ८१ मा मात्रै कुल १ हजार ४३६ जनाले रोजगारी प्राप्त गरेका गरिरहेको पाइएको हो ।अध्ययन प्रतिवेदनअनुसार रोजगारी पाउनेमा ४८ दशमलव ४ प्रतिशत महिला र ५१दशमलव ६ प्रतिशत पुरुष रहेका छन् । क्षेत्रगत हिसाबमा सेवामूलक उद्यममा सबैभन्दा बढी ५७ प्रतिशत र सूचना प्रविधि क्षेत्रका उद्यममा सबैभन्दा कम २२ दशमलव ७ प्रतिशत महिला रोजगारीको हिस्सा रहेको छ ।अध्ययनका क्रममा १६० वटा स्टार्टअप उद्यमको औसत क्षमता उपयोग ७१ दशमलव ४ प्रतिशत रहेको पाइएको छ । क्षेत्रगत रुपमा कृषि तथा वनजन्य क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा बढी ८२दशमलव १ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा कम ६० दशमलव ७ प्रतिशत रहेको छ । सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्यमको औसत क्षमता उपयोग क्रमशः ७२ दशमलव ० प्रतिशत, ६१ दशमलव ० प्रतिशत र ६४ दशमलव ८ प्रतिशत रहेको छ ।

अध्ययनका क्रममा स्टार्टअप उद्यममा प्रविधिको प्रयोगबारे पनि हेरिएको थियो । जसमध्ये १६० स्टार्टअप उद्यम मध्ये ४४ वटा उद्यममा उच्च प्रविधि प्रयोग भएको पाइयो भने १०४ वटा उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने १२ वटा उद्यममा प्रविधिको प्रयोग नभएको पाइएको छ । क्षेत्रगत रुपमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी ६६ दशमलव ७ प्रतिशत उद्यममा उच्च प्रविधिको प्रयोग भएको देखिन्छ भने कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा कम १०।६ प्रतिशत उद्यममा मात्र उच्च प्रविधिको प्रयोग भएको देखिन्छ ।अध्ययन प्रतिवेदन अनुसार प्रविधिको प्रयोगले स्टार्टअप उद्यमको विकासमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । प्रविधिको प्रयोग गर्ने उद्यमीमध्ये सबैभन्दा बढी २९ दशमलव ४ प्रतिशतले प्रविधिको प्रयोगले ग्राहकसँगको पहँुचमा वृद्धि, २५ दशमलव ६ प्रतिशतले श्रम लागतमा कमी, १६ दशमलव १ प्रतिशतले उत्पादकत्वमा वृद्धि, १२ दशमलव ८ प्रतिशतले उत्पादनमा वृद्धि, १० दशमलव ६ प्रतिशतले उत्पादन लागतमा कमी र ५ दशमलव ५ प्रतिशतले अन्य ९खास गरी गुणस्तर वृद्धि० मा सहयोग पु¥याएको बताएको प्रतिवेदनमा उयल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ–‘यस अध्ययनमा समावेश कुल १६० वटा स्टार्टअप उद्यमहरू मध्ये १५५ वटा उद्यमले हाल सञ्चालन गरिरहेको व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ भने ५ वटा उद्यमले व्यवसाय विस्तार नगर्ने देखिन्छ । ग्राहकसँगको पहुँचमा वृद्धि श्रम लागतमा कमी उत्पादकत्वमा वृद्धि उत्पादनमा वृद्धि उत्पादन लागतमा कमी अन्य प्रतिशत घड ३ वटा, उत्पादनमूलक र पर्यटन क्षेत्रका १÷१ वटा बाहेक सबै उद्यमले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको देखिन्छ ।’
स्टार्टअप उद्यमरव्यवसाय विस्तारको योजना बनाउने उद्यमीहरु मध्ये सबैभन्दा बढी ३३ दशमलव ३ प्रतिशतले क्षमता विस्तार, २९ दशमलव ६ प्रतिशतले वस्तु तथा सेवा विविधिकरण, १९ प्रतिशतले प्रविधिको प्रयोग र १८ दशमलव १ प्रतिशतले बजार विस्तार गर्ने योजना बनाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यममध्ये आर्थिक वर्ष २०८० र ८१ मा ८०।० प्रतिशत अर्थात १२८ वटा उद्यमहरू नाफामा रहेका छन् भने २०।० प्रतिशत अर्थात ३२ वटा उद्यमहरूले नोक्सान बेहोरेका छन् । अध्ययनमा समावेश गरिएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यम मध्ये कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ८६ दशमलव ४ प्रतिशत उद्यमहरू नाफामा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रका सबैभन्दा कम ६० प्रतिशत उद्यमहरू मात्र नाफामा रहेको पाइएको छ ।

१६० स्टार्टअप उद्यमहरूको आ व २०८० र ८१ को वित्तीय परिसूचकहरू हेर्दा ती स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी रु ९२ करोड ६४ लाख रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रहेको छ । स्टार्टअप उद्यमको औसत नाफा १३।९ प्रतिशत रहेको छ । त्यसैगरी आ व २०८० र ८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५।७ प्रतिशत रहेको छ ।
अध्ययनमा समावेश भएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यममध्ये पर्यटन क्षेत्रको कुल आम्दानीमा नाफा प्रतिशत सबैभन्दा उच्च २०।९ प्रतिशत रहेको छ भने सेवामूलक क्षेत्रको सबैभन्दा कम ९ दशमलव ९ प्रतिशत रहेको छ । कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन समग्र प्रतिशत नाफा नोक्शान लगानीबाट प्राप्त प्रतिफलको दरसूचना प्रविधि क्षेत्रको सबैभन्दा बढी २० दशमलव ९ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ३ प्रतिशत रहेको छ ।
अध्ययनमा समावेश भएका १६० उद्यम मध्ये ९१ दशमलव ९ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने ८ दशमलव १ प्रतिशत उद्यम संकट उन्मुख रहेको देखिन्छ । क्षेत्रगत आधारमा कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा बढी ९८ दशमलव ५ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ७७ दशमलव ३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको पाइएको छ । त्यसैगरी सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक क्षेत्रका क्रमशः ८६ दशमलव ७ प्रतिशत, ९३ दशमलव १ प्रतिशत र ८९ दशमलव ३ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ ।

सफलता उन्मुख स्टार्टअप उद्यमले सफलता उन्मुख हुनुको कारणमा ४७ दशमलव १ प्रतिशतले बजारको उपलब्धता, २६ दशमलव ३ प्रतिशतले प्रविधिको प्रयोग, १३ दशमलव ५ प्रतिशतले व्यवसायको इको सिस्टम निर्माण, ५ दशमलव ८ प्रतिशतले श्रमिकको उपलब्धता, २ दशमलव ७ प्रतिशतले उर्जा तथा पूर्वाधारको उपलब्धता, १ दशमलव ९ प्रतिशतले पुँजीको उपलब्धता र २ दशमलव ७ प्रतिशतले अन्य कारण वस्तु तथा सेवामा भएको नयाँपन, स्वास्थ्यवर्धक उत्पादन, गुणस्तर, जनचेतनामा वृद्धि आदि० रहेको बताएको प्रतिवेदनमा उल्लेख छ।

संकट उन्मुख उद्यमहरूले संकट उन्मुख हुनुका कारणमा ३० दशमलव ८ प्रतिशतले बजारको अभाव, २६ दशमलव ९ प्रतिशतले पुँजीको अभाव, २३ दशमलव २ प्रतिशतले प्रविधिको अभाव, ७ दशमलव ७ प्रतिशतले श्रमिक÷कामदारको अभाव, ३ दशमलव ८ प्रतिशतले व्यवसायले कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन प्रतिशत सफलता उन्मुख समस्याग्रस्त बजार प्रविधि व्यवसायको इको सिस्टम श्रमिक उर्जा तथा पूर्वाधार पुँजी अन्य प्रतिशत सिस्टम निर्माण गर्न नसक्नु, ३ दशमलव ८ प्रतिशतले उर्जा÷पूर्वाधारको कमी र ३ दशमलव ८ प्रतिशले विदेशमा भुक्तानी गर्न र विदेशबाट भुक्तानी प्राप्तिमा कठिनाई, उद्यमको नगद प्रवाह र बैंकको किस्ताको बेमेल, खुल्ला सिमानाका कारण हुने अवैध आयात जस्ताहरु कारण देखाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x