आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

३ वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं ।     तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार बेलुकीे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन् । घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए ।

केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए । एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन् ।

उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको छ । घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो । गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन् ।

तर घिसिङले पुस २२ गते एक कार्यक्रममा आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका थिए । रास्वपाको उपसभापति बन्ने गरी सहमतिमा हस्ताक्षर भइसकेपछि कुनै पार्टीको सदस्य नरहेको भनेर घिसिङले दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।

फागुन २१ गतेका लागि हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x