विशेष महाधिवेशन विधानसम्मत हो, सभापति सहभागी हुनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
बिहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछी सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीकै साथीहरूले उक्त महाधिवेशन आयोजना गरेको बताउदै त्यसमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्नेमा जोड दिए।
उनले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्याइदिन भनेको बताए ।
उनले भने,‘आज फेरि मैले यहाँ भनेको छु कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई पनि यो कुरा पुर्याइदिनुहोला । अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापति २७ गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो । विधानसम्मत आयोजना हो । त्यो अधिवेशनमा उहाँ सभागी हुनुपर्छ । त्यो अधिवेशनमा उहाँ सहभागी हुने कुराले उहाँको पनि मान बढाउँछ’।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE