मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

काठमाडौँ । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका २ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको हो ।झडपमा घाइते हुनेहरू स्थानीय रहेको प्रहरीको भनाइ छ । स्थिति नियन्त्रणमा लिन १६ सेल अश्रुग्यास प्रहार गरिएको छ । नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए ।

स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x