मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

राजनीति रास्वपा सचिवालयमा रविको ब्रिफिङ : कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ-आफ्नो बाटो लागौँ भनेँ

काठमाडौँ । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँगको सहमति भंग भएकोबारे रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् । केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै लामिछानेले कुलमान पक्षले दिनदिनै माग फेर्ने गरेपछि अहिले एकताबद्ध भएर जान नसक्ने अवस्था आएको सचिवालयको भर्चुअल बैठकमा जानकारी दिएका थिए ।रास्वपाका दुई सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए । बालेन्द्र शाह र कुलमान घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नक्खु कारागारमा रहेदेखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x