मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने कांग्रेस महामन्त्रीद्वयको भनाइ

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने बताएका छन् । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा छुट्टाछुट्टै प्रतिवेदन पेस गर्दै उनीहरुले उक्त व्यवस्था लागू गर्न कांग्रेसको विधान र संविधानसमेत संशोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन ।

महामन्त्री थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन ।

महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिए । उनले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक भएको दाबी गरे । संविधान, कानुन र निर्वाचन आयोगले समेत आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर उनको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशनको वैधानिकतामाथि कानुनी प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने थापाले बताए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन ।

पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले देश र पार्टी दुबै असफल हुने भएकाले एउटै व्यक्तिलाई दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गर्नु परेको बताए ।

मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताए । महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणाअन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x