कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९।१५ बजेसम्मका समय तोकिएको जानकारी दिए । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिए ।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE