शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

माघ महिनाका लागि एक दर्जन वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौं । माघ महिनाका लागि नेपालका एक दर्जन वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।

बजारमा अधिक तरलता थुप्रिएपछि बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदरमा कटौती गरेका हुन् ।

पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१४ प्रतिशत विन्दुले घटेर ४.६६ प्रतिशत कायम भएको छ, जुन पुसमा औसत ४.८ प्रतिशत थियो ।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेष्ट, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड रहेका छन्।

यीमध्ये हिमालयन र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएका छन् ।

प्राइम कमर्सियल बैंकले भने बजारको विपरीत ट्रेन्ड पछ्याउँदै माघका लागि ब्याजदर सामान्य बढाएको छ । उसले पुसको ४.२५ प्रतिशतबाट वृद्धि गरी ४.४० प्रतिशत पुर्याएको छ ।

संस्थागत मुद्दती निक्षेपको हकमा भने अधिकांश बैंकहरूले पुसकै दरलाई यथावत राखेका छन् भने ४ वटा बैंकले मात्र घटाएका छन्।

निक्षेपको ब्याजदर घटेसँगै आगामी दिनमा बैंकहरूको आधार दर कम भई ऋणको ब्याजदर समेत सस्तो हुने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x