सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बिभिन्न जिल्लामा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुको छलफलबाट नेकपाले उम्मेदवारको नामको टुंगो लगाएको हो ।

जसअनुसार नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ ।

बर्दिया २ बाट नेकपाका लालवीर चौधरी उम्मेदवार बन्ने भएका छन् । यसअघि स्वतन्त्र लडेका उनी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै निर्वाचित भएका थिए । लालवीर रेशम चौधरीका बुवा तथा रन्जिता श्रेष्ठका ससुरा हुन् ।

त्यस्तै बर्दिया १ मा वामदेव गौतम निर्वाचन लड्ने भएका छन् ।

यस्तै, नेकपाले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् ।

यस्तै, नेकपाले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यस पटक नेकपाबाट कैलाली ५ बाट निर्वाचन लड्ने भएका हुन् ।

यस्तै, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा विरमान चौधरी र २ मा राजेन्द्र साउनको टिकट पक्का भइसकेको छ ।

अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् ।

डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार हुने भएका छन् ।

बझाङबाट मीनबहादुर कुवर उम्मेदवार बन्ने भएका छन् ।

बैतडी परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह पक्का भएका छन् भने अन्य क्षेत्रको पनि नामको टुंगो लगाउने क्रम जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x