मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

आर्थिक विकासका लागि दलहरुले न्युनतम साझा एजेण्डा बनाउन आवश्यकः अध्यक्ष पाण्डे

काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा अस्थिर सरकार रहेका कारण आर्थिक परिवर्तनले तिब्रता पाउन नसकेको बताएका छन् ।

परिसंघले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक परिर्वतनको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका हुन् । उनले २००७ सालदेखि २०८२ को जेन–जी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तनले तिब्रता पाउन नसकेको बताए । उनले दलहरुले घोषणापत्रमा आर्थिक एजेण्डाहरु ल्याएपनि सरकारमा हुँदा कार्यान्वयन नगरेको बताए । २०४६ सालदेखि हालसम्म बनेका सरकारहरुले कार्यकाल १ वर्षको हाराहरीमा मात्रै रहेको उल्लेख गदै यसले आर्थिक सुधारमा ठूलो असर गरेको बताए । उनले देशको आर्थिक प्रगतिका लागि राजनीतिक दलहरुले न्युनतम साझा एजेण्डा बनाएर जानुपर्नेमा जोड दिए । राजनितिक दलहरुले साझा एजेण्डा तय गरेमा सरकार परिवर्तन हुँदैपिच्छे नीतिहरु परिवर्तन हुँदा दीर्घकालिन रुपमा फाइदा हुने बताए ।

उनले भने, ‘हाम्रो २०४७ देखि २०८२ सालको समयमा ३० वटा सरकार परिवर्तन भएको छ । एउटा सरकारले एभरेजमा १ दशमलब १८ वर्ष मात्रै सरकार चलाएको अवस्था छ । एक वर्षको हाराहारीमा मात्रै एउटा सरकारले आफ्नो कार्यकाल पूरा गर्दैगर्दाखेरि त्यसले लिएको नीतिले हाम्रो अर्थतन्त्र र विकासमा धेरै असर परेको छ । लार्जर इकोनोमी ग्रोथमा मिसन डकुमेन्ट बनाएर हाम्रा सबै राजनितिक दलहरुले जुनसुकै राजनीतिक दल पावरमा आएपनि वा सरकारमा बसेपनि कमसेकम पोलिसि लेभलमा कन्सिस्टेन्सि चाहीँ एउटा मिनिमम अन्डरस्ट्यान्डिङ इकोनोमिक डेभलवमेन्टमा फोकस गर्न सकियो भने दीर्घकालिन रुपमा हामीलाई सहयोग पुग्छ ।’

उनले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरे । परिसंघले दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे सुझाव दिन आईतवार पत्रकार सम्मेलन गरेको हो । परिसंघले आर्थिक सुधार गर्न दलहरुले गर्ने साझा प्रतिवद्धताको लागि राष्ट्रियस्तरका दलहरुसँग छलफल गर्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x