गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार मनोनयन गर्ने दिन भएकाले अध्यक्ष ओली केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा पाँच बाट उम्मेदवार बन्दैछन् ।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ ।
बालेन पनि आजै झापा जाँदैछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE