सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि नेम्वाङले फागुन २१ को निर्वाचनलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्ने बताए ।
‘सुशासन, विकास र समृद्धिको लागि हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य नै पुर्याउनेछ भन्ने प्रतिबद्धता सहित हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, नेम्वाङले भने।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE