मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

एमालेले १६५ वटै क्षेत्रमा उठायो उम्मेदवार, ५४.५४ प्रतिशत नयाँ अनुहार

काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । एमाले प्रचार विभागले मंगलबार बेलुका पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा नयाँ अनुहारलाई अवसर प्रदान गरेको जानकारी दिएको हो ।‘एमालेले यो निर्वाचनमा देशभर ५४।५४ प्रतिशत युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ’, एमाले प्रचार विभाग प्रमुख मीन बहादुर शाहीले आफ्ना उम्मेदवारहरूलाई निर्वाचित गराउन मतदाताहरूलाई आग्रह गर्दै भने, ‘मधेस र सुदूरपश्चिममा ५०र५० प्रतिशत । कोशीमा ५३।५७ प्रतिशत नयाँ अनुहार ।कर्णालीमा ७५ प्रतिशत नयाँ अनुहार अगाडी सारेको छ भने लुम्बिनीमा ४२।३० प्रतिशत । बागमती र गण्डकीमा ६० र ६१।११ प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।’

एमालेले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा यो निर्वाचनलाई लिएको जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीले झापा–५, महासचिव शङ्कर पोखरेल–दाङ २, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, गोकर्ण विष्ट–गुल्मी २ तथा पृथ्वी सुब्बा गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपमहासचिव लेखराज कैलाली, रघुवीर महासेठलाई एमालेले धनुषा ४ बाट उम्मेदवार बनाएको छ । सचिवहरू भानुभक्त ढकाल तेह्रथुम,शेरधन राई भोजपुर,राजन भट्टराई काठमाडौँ–४,महेश बस्नेत भक्तपुर–२ तथा नेता ईश्वर पोखरेल काठमाडौँ ५ उम्मेदवारी दिएका छन् ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष रामबहादुर थापा बादलले एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर निष्कर्ष निकालेको जनाए । यो निर्वाचनमा एमाले किन सहभागी भयो भन्ने प्रश्नमा थापाले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थायित्व कायम गर्न आवश्यक भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x