मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

अघिल्लो चुनाव भन्दा यसपटक १ हजार ७५ जना उम्मेदवार धेरै

काठमाडौं ।   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको निर्वाचन आयोगले जनाएको छ ।

अस्ति मङ्गलवार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । २०७९ सालमा २ हजार ४ सय १२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए । यस वर्ष ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २ सय ३५ छन् ।

स्वतन्त्र उम्मेदवारी दिने १ हजार १ सय ८७ छन् । जसमा एक हजार २४ पुरुष र १ सय ६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षभन्दा माथिका २ सय १ जना छन् ।

सुशासनको मुख्य नारा लिएर भएको नवयुवा आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x